काठमाडौँ- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई बुधबार वाग्मती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रूपमा मनोनीत गरेको छ ।

वाग्मती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर थापालाई खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जिम्मेवारी दिएका हुन् ।

खेलकुदसँग सम्बन्धित विकास कार्यक्रमको योजना र खेलाडीको वृद्धि विकासलाई समेत सुनिश्चित गर्न प्रदेश सरकार र खेलकुद मन्त्रालयलमा आवश्यकता अनुसार सल्लाह सुझाव दिने र कार्य गर्ने गरी थापालाई मनोनीत गरिएको हो ।

काठमाडौं महानगरपालिका–१० का उनी काठमाडौं ब्याडमिन्टन एकेडेमीका संस्थापक हुन् । ब्राजिलमा भएको सन् २०१६ मा बाज्रिलमा भएको रियो ओलम्पिक मा समेत नेपालको प्रतिनिधित्व गरिसकेका थापाको अनुभवले वाग्मती प्रदेशको खेल क्षेत्रमा टेवा पुग्ने मन्त्री महर्जनको विश्वास छ ।

स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टमा मास्टर्स गरेका थापाले खेल र खेलाडीको वृद्धि विकासका लागि विभिन्न कार्य गर्दै आएका छन् । उनी नेपाल चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितिको सह अध्यक्षसमेत हुन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *