काठमाडौँ- वडादसैंको उपलक्ष्यमा आयोजना भएको रूपन्देही जिल्ला स्तरीय लन टेनिसको उपाधि अर्जुन गुरूङ र विश्वास थापाको जोडीले हात पारेका छन्।
बुटवलस्थित लन टेनिस कोर्टमा बुधबार सम्पन्न फाइनलमा गुरूङ र थापाको जोडीले मनोज थापा र बिपिन श्रेष्ठको जोडीलाई टाइब्रेकरमा पराजित गर्दै विजयादशमी कप लन टेनिसको उपाधि हात पारेको खेल संयोजक सञ्जय श्रेष्ठले बताए।
पहिलो सेटमा ३–६ अङ्कले पराजित भएका गुरूङ र थापाको जोडी दोस्रो सेटमा लयमा फर्कंदै ६–४ अङ्कले जित हात पार्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थिए।
१–१ सेटले खेल बराबरी भएपछि उपाधि निर्णयका लागी टाइब्रेकरको मद्दत लिइएकोमा गुरूङ र थापाको जोडीले १०–८ अङ्कले जित निकाल्दै उपाधि हात पारेका हुन्।

