काठमाडौँ- नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार उषा भण्डारीलाई फेवा एजुकेसन एण्ड माइग्रेसनले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

नेपाल र अष्ट्रेलियाको सिड्नीमा कार्यालय रहेको फेवाले सोमबार नक्सालस्थित होटल क्राउन प्लाजामा आयोजित कार्यक्रमबिच उषालाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

नियुक्तसँगै सम्झौता पत्रमा उषा र फेवा एजुकेसन सिड्नीका निर्देशक दिनेश खनालले हस्ताक्षर गरे । सम्झौताअनुसार उषाले फेवा एजुकेसनसँगै शैक्षिक उत्कृष्टता, खेलकुद विकास र युवा विद्यार्थीमा नेतृत्वको प्रवर्धनमा सहकार्य गर्नेछिन्।

फेवाले उषालाई आर्थिक सहयोगसँगै वैदेशिक प्रतियोगिताका लागि भ्रमण तथा खेल सामाग्री उपलब्ध गराउनेछ । सम्झौता दुई वर्षको रहेको फेवाका सदस्य समेत रहनुभएका नेपाल भलिबल सङ्घका उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए।

सम्झौतापछि उषाले फुटबल र क्रिकेटमा जस्तै भलिबल खेलाडीलाई पनि कर्पोरेट क्षेत्रबाट सहयोग पाउँदा खुसी लागेको बताए। उहाँले सहयोगले आफ्नो खेलमा थप सुधार आउने पनि बताए।

फेवाले यसअघि राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठलाई पनि आफ्नो ब्रान्ड एम्बेसडर बनाएको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile