काठमाडौँ – नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारती टिम विजयी भएको छ । पुरुषको ४ खेल शृंखलामा भारत ४–० ले विजयी बनेको हो।

नेपाल खो खो संघको आयोजनामा कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भएको प्रतियोगितामा महिलातर्फ दुई खेल भएको थियो । दुवैमा भारत विजयी भएको हो।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, भारतीय खो खो महासंघका महासचिव एमएस त्यागी, आयोजक नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन, उपाध्यक्ष छत्रबहादुर शाहीलगायतले पुरस्कृत गरे । दुवै टिमको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा भएको उपाध्यक्ष शाहीले बताए।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *