काठमाडौँ- नेपाल रग्बी संघ र एनएफजेएफ एकेडेमीले एशिया रग्बी सेभेन्स को अवसर पारेर रग्बीको नाे याेर गेम्स (know your games) को आयोजना गरेकाे छ।

सो कार्यक्रम प्रतियोगिता कै हस्पिटालिटी पार्टनर लेमन ट्री होटल बुढानिलकण्ठ को ब्यबस्थापन मा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे। कार्यक्रममा रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतन राज गिरी,महासचिब गाेबिन्द घिमिरे,राष्ट्रिय खेलकुद परिषद्काे बाेर्ड सदस्य अन्जना मास्के,नेपाल खेलकुद पत्रकार मन्च निरन्जन राजवंशी,रग्बी संघ अध्यक्ष दिपक देवकोटा लगायतकाे सहभागिता रहेकाे थियाे।

कार्यक्रममाकाे उदेश्य खेल पत्रकारहरूका लागि रग्बी खेलकाे बारे थप जानकारी दिनु रहेकाे आयोजकले बताएका छन्। कार्यक्रममा ३० जना पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी सेभेन्स दशरथ रंगशालामा आयोजना हुँदैछ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *