काठमाडौँ- एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज टोली गण्डकी थन्डर्सका दुई विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

शुक्रबार राती भारतीय खेलाडी शिल्पा शिन्धु र रसियन खेलाडी एलिसा रुबियक नेपाल आइपुगेका हुन् । दुबै जनालाई गण्डकीका प्रवन्धक विकास खेतानले स्वागत गरे । गण्डकीका अन्य खेलाडी पनि आज र भोलिमा पुग्ने प्रवन्धक खेतानले बताए । शिल्पाले केही समयअघि नेपालमै सम्पन्न काभा वुमन्स भलिबल नेसन्स लिगमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

यता एसिसाको रसिया र क्यानडाको घरेलु लिग खेलेको अनुभव रहेको छ । नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी सरस्वती चौधरी मार्की प्लेयर रहेको गण्डकीले रुपेशकुमार बिष्टलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । गण्डकी थन्डर्सको टोली सुरस्वती चौधरी, प्रगति नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक, शिल्पा सिन्धु, एकातोरिना जुभ्यागिन्त्सेभा, जुही शा र सोइङ्ग थापा

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *