काठमाडौं- बहराइनसंग ४-० गोलले पराजित भएसंगै नेपाल एएफसी यु–२० एसियन कपको समूह चरणबाटै बाहिरिएको छ।

यो पराजयसंगै अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यु–२० एसियन कपमा पुग्ने नेपालको सम्भावना सकिएको छ।

छनोट अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित भएसँगै नेपालको सम्भावना सकिएको हो।

पराजयसँगै नेपालले चार खेलमा तीन अंक जोड्यो। तीन खेलमा दोस्रो जित निकालेको बहराइनले भने आफ्नो सम्भावनालाई जिवितै राखेको छ। बहराइनले अब तालिकाको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानसँग खेल्न बाँकी छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile