काठमाडौँ- जर्मन बुण्डेसलिगा फुटबलमा वार्यन म्युनिखले शानदार जीत निकालेको छ।
राति भएको खेलमा वार्यनले घरेलु टोलि बर्मेनलाई ५-० गोलले पराजित गरेको हो।
वार्यनको जीतमा ओलिसेले २ गोल गर्दा जमल मुसियाला, ह्यारि केन र गिनाब्रीले समान १-१ गोल गरे।

जीतपछि लिग लिडर वार्यनको ४ खेलमा १२ अंक पुगेको छ।