काठमाडौँ- पाँच खेलको ओडिआईका लागि इङ्ग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो जीत निकालेको छ ।
जीत पछि स्ट्रेलियाले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।
इङ्ग्ल्यान्डको लिड्समा अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४०.२ ओभरमा २०२ रनमा अल आउट भयो ।
इङ्ग्ल्यान्डका लागि जेमि स्मिथले ६१ बलमा ४९, बेन डुकेटले ३२, आदिल राशिदले २७ तथा ज्याकोब बेथहेलले २५ रन बनाए । अस्ट्रेलियाको लागि मिचेल स्टार्कले ३ तथा ग्लेन म्याक्सवेल, आरोन हार्डी र जोस हेजलवुडले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४४.४ ओभरमा अल आउट हुदै २७० रन बनाएको थियो । अस्ट्रेलियाका लागि विकेटकिपर एलेक्स क्यारीले ६७ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७४ रन जोडेका थिए ।
कप्तान मिचेल मार्शले ५९ बलमा ६०, ओपनरद्वय म्याथ्यु शर्ट र ट्राभिस हेडले समान २९, आरोन हार्डिले २३ तथा ग्लेन म्याक्सवेलले ७ रन जोडेका थिए । घरेलु टोलीका लागि ब्रायडन कार्सले ३ तथा ज्याकोब बेथहेल, म्याथ्यु पोट र आदिल राशिदले समान २ विकेट लिए ।