काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता रियल मड्रिडले सहज जीत निकालेको छ।
राति घरेलु मैदानमा भएको खेलमा रियलले एस्पानियोललाई ४-१ गोलले पराजित गरेको हो।
रियलको जीतमा कार्भाजल, रोड्रिगो, भिनिसियस र एम्बाप्पेले समान १-१ गोल गरे।
जीतपछि दोस्रो स्थानमा रहेको रियलको ६ खेलबाट १४ अंक पुगेको छ।