काठमाडौं- नेपाल पुलिस क्लबले अपराजित रहदै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

माल्दिभ्सको मालेमा भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२, तेस्रो तथा अन्तिम सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो।

पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३–० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटमा हरायो।

पुलिसले घरेलु टोली वाम्कोलाई पुलिससँग भने कडा चुनौतीको सामना गर्दै ३–२ सेटको जित निकालेको थियो। त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile