काठमाडौँ- एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)को फ्रेन्चाइज टोली पोखरा थण्डर्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ । गण्डकीले असोज ९ गते ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको हो ।
कार्यक्रम बिहान ८ः३० मा पोखरा स्टेडियममा हुने छ । जसमा गण्डकीका ट्यालेन्टहरुले सहभागिता जनाउन पाउनेछन् ।
टोलीका मुख्य प्रशिक्षक रुपेश विष्ट र टिमकी मार्की खेलाडी सरस्वती चौधरी सहित टिमको म्यानेजमेन्ट समूहले पोखरमा एक खेलाडीको छनोट गर्नेछ ।
‘ट्यालेन्ट हन्ट’ मा हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागि नभएका खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।
इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक फ्रेन्चाइजी लिगको आयोजना गरेको हो ।
महिला भलिबलको इतिहासमा नेपालमा पहिलो पटक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट हुने भएको हो ।