काठमाडौं- ट्राभिस हेडले शानदार शतक बनाउदा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डविरुद्ध शानदार जीत दर्ता गरेको छ ।

इंग्ल्यान्डले जीतका लागि दिएको ३१६ रनको लक्ष्य अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जीतमा हेडले नट आउट रहँदै १५४ रन बनाए । मार्नुस लाबुस्सेनले ६१ बलमा नट आउट ७७ रन बनाए ।

स्टिभ स्मिथ र क्यामरुन ग्रीनले समान ३२ रन जोड्दा अर्का ओपनर तथा कप्तान मिचेल मार्शले १० बनाए । घरेलु टोलीका लागि ज्याकोव बेथहेल, लियम लिबिगंस्टोन र म्याथ्यु पोटले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली ४९.४ ओभरमा अल आउट हुदै ३ सय १५ रन मात्र बनाएको थियो ।

इंग्ल्यान्डका लागि ओपनर बेन डुकेटले सर्वाधिक ९५ रन जोडे । उनले ९१ बलमा ११ चौका प्रहार गरेका थिए । विल ज्याक्सले ६२, कप्तान ह्यारी ब्रुकले ३९, ज्याकोब बेथहेलले ३५ तथा जेमी स्मिथले २३ रन जोडेका थिए ।

५ ओडिआई खेलको लागि इंग्ल्यान्ड भ्रमणमा रहेको अष्ट्रेलिया पहिलो खेलको जितसँगै सिरिजमा १-० को अग्रता बनाएको छ ।

पाहुना टोलीका लागि एडम जाम्पा र मार्नुस लाबुस्सेनले समान ३, ट्राभिस हेडले २ तथा बेन ड्वारसुइस र म्याथ्यु शर्टले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो ओडिआई खेल शनिवार हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *