काठमाडौँ – पेरिस पारालिम्पिकमा पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई एनसेलले हालै स्थापना गरेको एनसेल फाउन्डेसनमार्फत सम्मानस्वरुप १० लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा एनसेलले पलेशासहित सहभागी ५ सदस्यीय टोलीलाई नगद पुरस्कार दिएको हो ।

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको जनाएको छ । पलेशाका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *