काठमाडौं- नेपाल पुलिस क्लब सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ। नेपालले एक खेल अगावै फाइनलमा आफ्नो स्थान बनाएको हो।
बिहीबार माल्दिभ्सको वाम्कोमाथि ३–२ सेटको रोमाञ्चक जित निकाले संगै पुलिस फाइनलमा प्रवेश गर्न सफल भएको हो।
जितसँगै ११ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ। पुलिसले यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को सेटमा पराजित गरेको थियो ।
पुलिसले शुक्रबार लिग चरणको अन्तिम खेलमा माल्दिभ्स पुलिस क्लबको सामना गर्नेछ।