काठमाडौँ- तौथली सिभिल क्लबको आयोजनमा ‘तेस्रो तौथली सिभिल गोल्डकप’ आयोजना हुने भएको छ।

नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ–दिपावलीको उपलक्ष्यमा आयोजना हुन लागेको यस प्रतियोगिता यहीँ असोज २४ गतेबाट सुरु हुनेछ। यस्तै, विजेताले एक लाख ७० हजार तथा उपविजेताले ८५ हजार ट्रफी र मेडल पाउने छ।

प्रतियोगितामा सहभागी टिमका लागि टिम दर्ता शुल्क १५ हजार तोकिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका सबै खेलहरु सुन्दरताले भरिएको ऐतिहासिक स्थल त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर पाँचस्थित जप्सिले खेलमैदान तौथलीमा सञ्चालन हुने छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *