काठमाडौँ- एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युवा क्लबविरुद्ध शानदार जीत दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिवार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोलले पराजित गरेको हो।
वालिङको जितमा सिसी एनटोङ्गो र ज्याकलिन नसालीले समान २-२ गोल गरे।
जितसँगै ६ खेलमा १२ अंक जोडेको वालिङ चौथो स्थानमा उक्लिएको छ। पराजित बागमती समान खेलबाट ४ अंकका साथ आठौं स्थानमा छ।

