काठमाडौं- दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा र वडा नं १२, वडा नं ५, वडा नं २६ र वडा नं ३२ ले जित हासिल गरेका छन् ।

लैनचौर फुटसल मैदानमा बिहिबार भएको पहिलो खेलमा वडा १२ ले वडा २ लाई २–१ ले हरायो । विजयी टिमका लागि दिकेश शाही र मनोज महर्जनले गोल गर्नुभयो । वडा २ का सुजल रसकले गरेको गोल सान्त्वना मात्र बन्यो । सो खेलमा वडा १२ का राज शाही म्यान अफ दि म्याच घोषित भए।

दोस्रो खेलमा वडा ५ ले वडा १७ लाई ३–० ले सजिलै पराजित गर्यो । राकेश श्रेष्ठ, अखिलेश कार्की र सुजित प्रजापतिको गोलले वडा ५ विजयी भएको हो । सो खेलमा सुजित म्यान अफ दि म्याच बन्नुभयो । तेस्रो खेलमा वडा २६ ले टाइब्रेकरमा वडा ४ लार्इ २–१ ले हरायो । निर्धारीत समयको खेल १–१ ले बारबरमिा सकिएपछि पेनाल्टी सुटआउटमा जितहारको निर्णय गरिएको हो ।

निर्धारीत समयमा वडा ४ का असिम गुरुङ र वडा २६ का प्रशान्त रजकले गोल गर्नुभएको थियो । प्रशान्त म्यान अफ दि म्याच पनि चुनिनुभयो । चौथो खेलमा प्रताप शाक्यको गोल निर्णायक बनेपछि वडा ३२ ले वडा १८ लाई १–० ले निराश बनायो । प्रतापले नै म्यान अफ दि म्याचको पुरस्कार पाए।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *