काठमाडौँ- एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएको छ ।

जसमा पुरुष तर्फ १४ तथा महिला तर्फ ८ टोलीले भाग लिन लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताउनुभयो।  

यसअघि नेपाल रग्बी संघले सन् २०२२ मा एसिया रग्बी यु–१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यु–२० सेभेन्सको आयोजना गरिसकेको थियो। संघले आयोजना गर्न लागेको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

प्रतियोगिताका लागि कुल ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउनेछन्। दुवै तर्फका विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउनेछन् ।

प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड २० लाख रुपैयाँ रहेको बताइएको छ।

एसिया रग्बी सेभेन्स ट्रफी एसियाली खेलकुद र ओलम्पिक छनोटको माध्यम समेत रहेको संघका महासचिव गोविन्दबहादुर घिमिरेले बताएका छन्। उनका अनुसार जारी प्रतियोगिताका अन्तिम दुई टोली रेलिगेशनमा पर्नेछ भने च्यालेन्ज कपका शीर्ष दुई टोली एसिया रग्बी सेभेन्समा उक्लिनेछन्।

संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्टलाई नियुक्त गरेको थियो ।

मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण र पोखरामा बन्द प्रशिक्षणमा छन्।

यसै प्रतिस्पर्धाका लागि नेपालको को १६ सदस्यीय महिला पुरुष टोलीको घोषणा भैसकेको छ ।

संघका महासचिव घिमिरेलेका अनुसार नेपालले यस प्रतियोगिता मार्फत एसियाली वरीयतामा पनि सुधार गर्ने लक्ष्य राखेको छ । एसियामा नेपाल अहिले पुरुष तर्फ १० तथा महिला तर्फ छैटौं वरीयतामा छन्।

यसअघि एसिया रग्बीका खेल दशरथ रंगशालामा आयोजना नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन भएको चर्चा चलेको थियो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवकोटाले नेपाल रग्बी संघ परिवारले प्रधानमन्त्रीलाई भेटेर विषय स्पष्ट पारिसकेको बताए।

उनले भने, “यसअघि गलत सूचना पुगेको रहेछ। हामीले विश्वका अधिकांश स्थानमा फुटबल मैदानमा नै रग्बी खेल हुने गरेको तथ्य स्पष्ट पार्यौं। उहाँले विषय बुझिसक्नुभयो।”

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile