काठमाडौं- बाग्मती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा यहि असोज ४ र ५ गते काठमाडौंमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड प्रतियोगिताको आयोजना हुने भएको छ।

प्रतियोगितामा स्केट बोर्ड र रोलर स्केट गरी दुई विधामा आयोजना हुने र त्यसमा सातै प्रदेशका १ सय ७० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने मंगलवार आयोजित पत्रकार सम्मेलनमा बागमति प्रदेश स्केटबोर्डका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए।

थापाथली स्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी हुनेछन् भने स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा हुनेछ। जसमा ७० खेलाडीहरु सहभागी हुनेछन्।

प्रतियोगिता खुल्ला रुपमा हुने र त्यसमा पुरुष र महिला दुबैले एउटै इभेन्टसमा बराबरी रुपमा तिस्पर्धा गर्नुपर्ने पनि आयोजकले जनाएको छ।

खेलको शीर्ष चार स्थानमा आउने खेलाडीले क्रमश: ३० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल अनुमानित वजेट ८ लाख रुपैंया रहेको छ।

पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्थानीय पालिकाहरुसंग खेलको बिकासका लागि समन्वय गर्दै अघि वढ्ने नीति अनुरुप काठमाडौं महानगरपालिकाबाट स्केट बोर्डको पुर्वाधार बनाउन जग्गा प्राप्त भइसकेको बताए।

संघले आवश्यक खेल पुर्वाधार निर्माण गर्न पहल थालिसकेको पनि अध्यक्ष खनालले बताए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile