काठमाडौँ- साफ यु–१७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यु–१७ टोली र एसियन कप यु–२० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यु–२० टोलीको विदाई गरिएको छ।
मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय यु–१७ र अन्डर–२० टोलीलाई बिदाइ गरिएको हो।
नेपाली यु-१७ टोलिले साफ यु-१७ मा प्रतिस्पर्धा गर्नेछ।
सोही समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एफा अध्यक्ष पंकजविक्रम राई लगायत अन्य एन्फा पदाधिकारिको सहभागिता रहेको थियो।