काठमाडौँ- गते नेपालमा क्लबद्वारा स्थापित एकमात्र सङ्ग्रहालयको रुपमा रहेको अन्नपूर्ण (आरसीटी) सङग्रहालय स्तरोन्नति गरी हस्तान्तर गरिएको छ ।
२०७३ सालमा अन्नपूर्ण (आरसीटी) सङग्रहालयको उद्घाटन भएको थियो । कामनपा वडा नं २७ को आर्थिक सहयोगमा सोही सङ्ग्रहालयको मङ्गलबार स्तरोन्नति गरी हस्तान्तरण गरिएको हो । नेपाली फुटबलकै सर्वाधिक पुरानो तथा सफल क्लबमध्ये एक रानीपोखरी कर्नर टिम (आरसीटी) सङ्ग्रहालयको ग्यालरीमा ऐतिहासक ट्रफी, पदक, तस्बिर, जर्सीलगायत सयौँ सामाग्री प्रदर्शनमा राखिएको छ ।

आरसीटी विशेषत फुटबलमा कहलिएको क्लब हो यद्यपि यस क्लबले एथलेटिक्स, भलिबल, पौडीलगायतका खेलमा हासिल गरेका पदक पनि सङ्ग्राहलयमा थपिएका छन् । आरसीटीका अध्यक्ष सुरेशकाजी शाक्यले यो सङ्ग्रहालय नेपाली खेलकुदमै नौलो अवधारणा हो भन्नुहुँदै यस सङ्ग्रहालयलाई अझ बिस्तार गर्ने योजना रहेको बताए ।
उनले सङ्ग्रहालयको स्तरोन्नतिमा करीब १२ लाख रुपियाँ खर्च भएको जानकारी पनि गराए । यसैगरी वडा नं २७ का अध्यक्ष तथा आरसीटीका संरक्षया योगेशकुमार खड्गीले वडाले आरसीटीसँग सहकार्य गर्ने गरी खेलाडीहरुको स्तरोन्नति गर्न मात्र १५ लाख रुपियाँ र स्थानीय खेलाडी उत्पादनका लागि ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले विशेषरुपमा आरसीटीलाई फुटबलमा जिवित राख्न र स्थानीय खेलाडीको सहभागिता होस् भन्ने उद्देश्य वडाको रहेको जानकारी दिए । अन्नपूर्ण (आरसीटी) सङग्रहालयका संष्योजक नरेश वैद्यले यस सङ्ग्रहालयको क्षेत्रफल सानो भएपनि यहाँ रहेका बहुमूल्य र गौरवशाली सामाग्री अन्य कतै नहुने दावी गरे ।
उनले १९८९ सालमा स्थापना भएको यस क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेका ऐतिहासिक र गौरवशाली पृष्ठभूमिका जीवन्तता दिने हेतुले तथा यसले प्राप्त गरेका सफलताको संरक्षण सम्वर्धन तथा सुरक्षित गर्ने अभियास्वरुप सङ्ग्रहालय खोलिएको हो, भने । छ पटकको शीर्ष लिग च्याम्पियन क्लब हो । मनाङ मस्र्याङ्दी क्लबले मात्र आरसीटीले भन्दा बढी ए डिभिजन लिग उपाधि जितेको छ

