काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका नवनियुक्त सदस्य–सचिव दिपक लामालाई आइतबार बधाइ दिदै स्वागत गरेका छन् ।

सातै प्रदेश खेलकुदका सदस्य–सचिव राखेपको पदेन सदस्य रहने व्यवस्था छ ।

त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङकै कार्यकक्षमा भएको भेटका अवसरमा दुई पक्षबीच दसौं राष्ट्रिय खेलकुद, जिल्ला खेलकुद विकास समिति र त्यहाँ कार्यरत कर्मचारीको अवस्था, भौतिक पूर्वाधारको अवस्थालगायतका बारेमा कुराकानी भएको थियो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *