काठमाडौँ- गते दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा असाज १ देखि ९ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ । सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहनेछ । उद्घाटन खेल काठमडौँ महानगरपालिका र आयोजक २३ वडा बीच हुनेछ ।
आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले आइतबार पत्रकार सम्मेलनमा नेपालमा फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो फुटबल प्रतियोगितको आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रतियोगितामा करीब ३८४ युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र पाँच सय युवा परिचालन हुनेछन् ।
नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ । यस फुटसल प्रतियोगितालाई सफल पार्न वडा सदस्य गोलपाल नापितको संयोजकत्वमा सदस्यहरु राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्वल शाक्य र रामबहादुर रम्बा रजक रहेको मूल समिति गठन गरिएको छ ।
यस प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपियाँ रहेको छ । यसैगरी कार्यक्रममा वडा न२३ को टिम टिमलाई जर्सी हस्तान्तरण पनि गरिएको थियो । विशाल श्रेष्ठको कप्तानीमा वडा न२३ प्रतियोगितामा सहभागी हुनेछ । स्टार हस्पिटलसँग सहकार्य आयोजक वडा नं २३ र स्टार हस्पिटलबिच आइतबारै प्रतियोगिताको मेडिकल साझेदारको सम्झौता पनि भएको छ ।
वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन र स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले सम्झौतापत्र आदानप्रदान गर्नुभयो । अध्यक्ष महर्जनले खेल मैदानमा मेडिकल टिमको उपस्थितिले ठूलो प्रभाव पार्छ, भन्नुभयो । उहाँले स्टार हस्पिटल चालू एन्फा महिला लिगमा पनि मेडिकल पार्टनरको भूमिकामा रहेको र साफ यु २०, यु१८ मा पनि मेडिकल साझेदारको रुपमा रहेको जानकारी दिनुभयो ।

