काठमाडौँ- तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियन्सीप २०२४ मा शुक्रबार पुरुषतर्फ गण्डकी टिम ए र बी तथा टिम बङ्गला बी र सी ले जित हात पारेका छन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास कोर्टमा भएको प्रतियोगितामा गण्डकीले ब्रिटिस टिम बीलाई ३–० ले हरायो । गण्डकीका अभावन श्रेष्ठले पंकजलाई ११–२, ११–५ र ११–४ तथा नवराज श्रेष्ठले लि रोकीलाई ११–२, ११–७ र ११–१ ले हराउनभयो । राजु श्रेष्ठले वाकओभर पाउनुभयो ।
एनएसआरए मास्टरले वाकओभर दिएपछि गण्डकी बी ३–० ले विजयी भयो । यसैगरी टिम बङ्गला बीले टिम पाकिस्तानलाई ३–० ले पराजित गर्यो । मोहम्मद अमिनुल इस्लामले गुहलाम अलीलाई ११–२, ११–५, ११–४, मोहम्मद साइमुन इस्लामले रोहन नेपालीलई ११–६, १४–१२ र ११–३ तथा सोइकोट वानले अजाज अलीलाई ११–२, ११–७ र ११–६ ले हराउनुभयो ।
यसैगरी बङ्गला सीले पनि टिम जुजुबाट वाकओभर पाएको थियो । यसैगरी बिहिबार साँझ भएको महिला टिम इभेन्टमा एनएसआरए नेसनल टिमले कर्णालीलाई तीनै खेलमा हरायो । स्वास्थानी श्रेष्ठले अर्पणा प्रजालाई ११–६, ११–५ र११–३, विपना ब्लोनले प्रतिक्षा प्रजालाई ११–१, ११–४ ११–४ तथा कृष्णा थापाले भगवती जिसीलाई ११–१, ११–१ र ११–१ ले पराजित गर्नुभयो । एनएस्आरए लेडिजले बङगला लेडिजलाई पनि ३–० ले हरायो ।
स्वस्थानीले मार्जेन मोनिकालाई ११–३, ११–३ र ११–६, विपनाले चाडीलाई ११–१, ११–४ र ११–४ तथा कृष्णाले नबिला तबसुमलाई ११–२, ११–३ र ११–३ ले निराश पार्नुभयो । अन्य खेलमा एनएसआरए जुनियर लेडिज र गण्डकी लेडिजले कोशी लेडिजलाई समान ३–० ले हराए । एनएसआरए जुनियरकी साक्षी सुनुवारले सन्जिला राईलाई ११–१, ११–३, ११–६, रनासा महर्जनले लक्ष्मी तामाङलाई ११–३, ११–१, ११–३ र रचना प्रजाले यङगला लामा शेर्पालाई ११–०, ११–१ र ११–३ ले हराउनुभएको हो ।
यसैगरी गण्डकीकी श्रितिका उडासले सन्जिलालाई ११–४, ११–२ र ११–८, समीक्षा खाडले लक्ष्मीलाई ९–११, ११–८, ११–५, ७–११ र ११–८ तथा निस्ता श्रेष्ठले यङगलालाई ७–११, ११–५, ११–९, ८–११ र ११–९ ले पराजित गर्नुभयो ।

