काठमाडौँ- आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो चरणमा २९ खेलाडी छनोट गरेको छ। क्यानले बुधबार खेलाडीको सूची सार्वजनिक गरेको हो।

क्यानले सार्वजनिक गरेको सूचीमा स्नेहा महरा, सावित्रा धामी, अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, ऐली यादव, किरणकमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपशा शाही, साना प्रविण, प्रतिमा शाह,अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, कुशम गोदार, सीमाना जीसी, ज्योत्सिका मर्सानी, निरु जीटी, सेरिना थापा, रचना चौधरी, आश्मा पुलामी मगर पनि पहिलो चरणको टिममा परेका छन्।

क्यानले नेपाली महिला यु१९ को मुख्य प्रशिक्षकमा महेश रिजाललाई नियुक्त गरेको छ ।

टोलीको बन्द प्रशिक्षण दाङको लमही क्रिकेट मैदानमा हुने क्यानको बोर्ड बैठकले यसअघि नै निर्णय गरिसकेको थियो। मंगलवार मात्र विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो। प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ।

नेपालले पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसँग र दोस्रो खेलमा कात्तिक २२ गते कुवेतसँग खेल्ने छ। कात्तिक २४ गते घरेलु टोलीसँग खेल्ने नेपालको चौथो खेलमा कात्तिक २५ गते थाइल्यान्डसँग हुनेछ।

पाचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्ने नेपालको‌ अन्तिम खेलमा कार्तिक २८ मा युएईसँग रहेको छ। ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile