काठमाडौँ- ललितपुर रोजबर्ड स्कूल र चेल्सी वल्र्ड स्कूल बाल दिक्षासदन स्कूलको आयोजनामा ललितपुरमा जारी मिनी बास्केटबल च्याम्पियनसीप २०८१ को फाइनलमा पुगेका छन् ।
ललितपुरको ग्वार्को स्थित बाल दिक्षासदनको कोर्टमा भएको प्रतियोगिताको छात्रातर्फको सेमिफाइनलमा रोजबर्डले रातो बंगलालाई तथा चेल्सीले चाँन्दबाग इन्टनेसन स्कूललाई हराएर फाइनलमा पुगेका हुन् । फाइनलमा पुग्ने क्रममा रोजबर्डले रातो बंगलालाई १४–९ ले पाखा लगाएको हो ।
यो खेलमा रोजबर्डकी सानवी श्रेष्ठले सर्वाधिक ६ अंक स्कोर गरिन् भने स्वर्णीका पराजुली प्लेयर अफ दि म्याच घोषित भइन् । यसैगरी अर्को सेमिफाइनलमा चेल्सीले चाँन्दबागलाई १६–११ ले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
खेलमा सर्वाधिक ६ अंक स्कोर गरेकी चेल्सीकी डेनिसा थापा प्लेयर अफ दि म्याच भइन् । फाईनल खेल भोली हुनेछ ।