काठमाडौँ- रिपोर्टर्स क्लब नेपालले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख रुपैयाँ नगदले पुरस्कारसहित सम्मान गरेको छ । सोमबार क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गरेका हुन्।
त्यस्तै क्लबले प्रशिक्षक कविराज नेगी लामालाई २५ हजार रुपियाँ र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई विशेष सम्मान प्रदान गरेको छ ।
कांस्य पदक विजेता पलेशाले आफूले ११ वर्षसम्म गरेको कडा मेहनतको फल पाउँदा खुसी लागेको बताएकि छिन् । ‘नेपालले पनि मेडल ल्याउन सक्छ र ?’ भन्ने प्रश्नको उत्तर आफूले लिएर आएको उनले बत्ताइन् । आफूले सपोर्ट नपाएर पनि यो गेममा कडा मेहनतको बाबजुद सफल भएको हुँ । उहाँले भन्नुभयो, ‘धेरै गाह्रो थियो यो मेडल ल्याउन । किनकि सङ्घर्ष त्यति नै थियो, सपोर्ट धेरै थिएन । हामीले सपोर्ट कहिले पनि पाएनौँ । अहिले सबैको आँखा यता परेको छ । सबैले सर्ने भनेर पनि प्रमित गर्नुभएको छ । राम्रो स्थिति भयो भने मैले एलए को गेममा पनि सहभागिता जनाउन सक्छु । आशा गरौँ, त्यहाँ गोल्ड मेडल लिएरै आउनेछौँ ।’