काठमाडौँ- उपाधि दाबेदारी टोलि एफिएफले एन्फा महिला लिगमा शानदार जीत निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले चन्द्रपुर नगरपालिकालाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो।

एपिएफको जीतमा कप्तान रेनुका नगरकोटीले दुई गोल गर्दा सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई र गीता रानाले समान १-१ गोल गरिन्।

जीतपछि तीन खेलबाट सात अंक जोडेको एपिएफ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चन्द्रपुरको समान खेलमा १ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile