काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।

एन्फाले मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सोमबार आफ्नो २३ सदसीय टोलीको घोषणा गरेको हो।

प्रतियोगिताको समूह ‘बी’ मा नेपाल उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन्। प्रतियोगिता सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेईमा हुनेछ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्नेछ भने सेप्टेम्बर २३ मा आयोजक चाइनिज ताइपेईसँग खेल्नेछ। नेपालले तेस्रो खेल सेप्टेम्बर २५ मा उज्वेकिस्तानसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा बहराइनसँग खेल्नेछ।

नेपाली टोली :
गोलकिपरः
अमित टमाटा, जियारथ शेख, कृषाल मोक्तान
डिफेन्डरः आयुष तिम्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सिमन्त थापा, दिपक थापा मगर
मिडफिल्डरः अविनाश स्याङ्तान, कुशल देउवा, लचु थापा, सरोज दारलामी, प्रशान्त लक्सम
फरवार्डः अनिल भोम्जन, धन सिंह विक, धरबेन्द्र कुँवर, न्यामा वाङ्गेल तामाङ, निरज कार्की, समिर तामाङ, निरजन धामी

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile