काठमाडौँ- दक्षिण एसियाली जुनियर यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली सोमबार भारतको चेन्नइ प्रस्थान गर्ने भएको छ ।

पुरुषमा आदेशकुमार यादवले १ सय÷४ सय मिटर दौड, युवराज विकले १ सय÷२ सय मिटर दौड, बादल कार्की र अजय विकले १ हजार ५ सय÷३ हजार मिटर दौड र विशाल गुरुङले लङजम्प÷त्रिपलजम्पमा प्रतिस्पर्धा गर्ने छन् ।

महिलामा अस्मिता भुजेल र नारायणी भण्डारीले १ हजार ५ सय÷३ हजार मिटर दौड, डिना गोपालीले १ सय÷२ सय मिटर दौड र अनिशा थारुले ४ सय मिटर दौड÷लङजम्प÷त्रिपलजम्पमा नेपालको चुनौती प्रस्तुत गर्ने   छन् । मुख्य प्रशिक्षकमा उषाकुमारी कर्ण र प्रशिक्षकमा विमला राना छन् ।

आदेश, बादल र अजय बाहेक सबै खेलाडीको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । टोलीलाई सफलताको शुभकामना दिदै कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री राजीवविक्रम शाह र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *