काठमाडौँ- युरोपियन उपविजेता इङग्ल्यान्डले युइएफए नेसन्स लिगको खेलमा आयरल्यान्डलाई पराजित गरेको छ।
राति भएको पहिलो चरणको खेलमा इङग्ल्यान्ड २-० गोलले विजयी बनेको हो।
डिक्लियन राइस र ज्याक ग्रिलिसले इङग्ल्यान्डका लागि गोल गरे।
जीतपछि इङग्ल्यान्ड समूह एफ को दोस्रो स्थानमा रहेको छ।

