काठमाडौँ- नाइजेरियाले अफ्रिकन विश्वकप छनोटमा सहज जीत निकालेको छ।
राति भएको पहिलो चरणको खेलमा नाइजेरियाले बेनिनलाई ३-० गोलले पराजित गरेको हो।
नाइजेरियाको जीतमा लुकम्यानले २ गोल गर्दा ओसिमिनले १ गोल थपे।
जीतपछि समूह डी मा रहेको नाइजेरिया तीन अंकसहित शिर्ष स्थानमा रहेको छ।

