काठमाडौँ- अफाकन फुटबलमा मोरक्कोले सहज जीत निकालेको छ।
राति भएको खेलमा मोरक्कोले गाबोनलाई ४-१ गोलले पराजित गरेको हो।
मोरक्कोका लागि हाकिम जियाचले २ गोल गर्दा ब्रामिन डियाज र आयोब काबिले १-१ गोल गरे। गाबोनका लागि पेरिक ओबामियाङले गोल गरे।
जीतपछि मोरक्को समूह बी को शिर्ष स्थानमा रहेको छ।

