काठमाडौँ- रोड्रिगोको एकमात्र गोल भएको विश्वकप छनोटको खेलमा ब्राजिलले संघर्षपुर्ण जीत दर्ता गरेको छ।
शनिवार विहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई १-० गोलले पराजित गरेको हो।
ब्राजिलको जीतमा रोड्रिगोले खेलको ३०औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
जीतपछि ब्राजिल ७ खेलमा १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। पराजित भएको इक्वेडर समान खेलमा ८ अंकसहित छैटौ स्थानमा झरेको छ। ७ खेलमै १८ अंक जोडेको अर्जेन्टिना शिर्ष स्थानमा रहेको छ।

