काठमाडौँ- सुदूरपश्चिम प्रदेशविरुद्ध विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जीत दर्ता गरेको छ।
एन्फा महिला लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले सुदुरलाई ९-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
पुलिसको जितमा निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक गरिन्। त्यस्तै पुजा राना, अनुश्का शेर्पा र गिमकुमारी गुरुङले १-१ गोल गरिन्।
यो जीतपछि पुलिसले २ खेलमा ४ अंक जोडेको छ।

