काठमाडौँ- थली तेक्वान्दो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रन्जित डंगौरालाई सम्मान गरेको छ ।

सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्दै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा रन्जितलाई सम्मान गरिएको डोजाङले जनाएको छ ।

भारतको गोवामा जुन २१ देखि २३ तारिखसम्म भएको उक्त प्रतियोगितामा रन्जितले पुरुष सिनियर ८० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका थिए ।

थली तेक्वान्दो डोजाङका प्रमुख युमा शंकर लामाले रन्जितलाई एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *