काठमाडौँ- पोर्चुगिच सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो करियरमा ९०० गोलको कोसेढुंगा पार गरेका छन्।
राति भएको युइएफए नेस्नल लिगको पहिलो चरणको खेलमा क्रोएसियाविरुद्ध गोल गर्दै रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन्।
रोनाल्डो अफिसियल ९०० गोल गर्ने पहिलो खेलाडी पनि हुन्। उनले पोर्चुगलबाट २०९ खेल्दै १३१ गोल गरेका छन्। त्यस्तै क्लब करियरमा ७६९ गोल गरेका छन्।
रोनाल्डो आफ्नो करियरमा १००० गोलको कोसेढुंगा पार गर्ने उनको लक्ष्यमा रहेका बताएका छन्। “मैले सन्यास लिदै गर्दा मेरो नाममा १००० गोलको रेकर्ड बनाएर छाडन् चाहान्छु। मैले रेकर्डलाई फलो गर्दिन रेकर्डले मलाई फलो गर्छ” नयाँ रेकर्ड बनाएपछि रोनाल्डोले भने।

