काठमाडौँ- ज्याकलाइन नसालीले शानदार ह्याट्रिक गर्दा एन्फा महिला लिगमा वालिङ नगरपालिकाले पहिलो जित निकालेको छ।
एन्फा कम्लेक्समा सातदोबाटोमा बिहिवार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले कर्णली प्रदेश महिला फुटबल टिमलाई ४–० गोलले पराजित गरेको हाे।
वालिङको जितमा ज्याकलाइन नसालीले ह्याट्रिक पूरा गर्दा सुक्रिया मियाको नाममा एक गोल रह्यो।
जितसँगै वालिङले दुई खेलबाट तीन अंक जोडेको छ। पराजित कर्णलीको भने समान खेलबाट एक अंक रहेको छ।