काठमाडौं- महिला साफ च्याम्पियनसिपको खेल तालिका बिहीबार सार्वजनिक भएको छ।

नेपालले पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले काठमाडौंमा आयोजना हुने सो प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरेको हो।

नेपाल र भुटान रहेको समूहमा श्रीलंका र माल्दिभ्स पनि छन्। नेपाल र भुटानबीचको खेल अक्टोबर १८ मा हुनेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ५:३० बजेबाट सुरु हुनेछ।

नेपालले दोस्रो खेल अक्टोबर २१ मा माल्दिभ्स र समूहचरणको अन्तिम खेल अक्टोबर २४ मा श्रीलंकासँग खेल्नेछ। नेपाल साबिकको उपविजेतासमेत हो।

अर्को समूहमा भने साबिक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान छन्। पाकिस्तानले अक्टोबर १७ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। हरेक समूहमा रहेका चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *