काठमाडौँ- नेपालमा अगस्ट १८ देखि २८ सम्म भएको साफ यू–२० च्याम्पियनसिप २०२४ को उपविजेता बनेको नेपाली यू–२० राष्ट्रिय टोलीका खेलाडी सदस्यले जनहि ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

भदौ २९ गते सम्पन्न एन्फा पूर्व–सहभागीय बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार र कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई विनियोजन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि खेलाडीले टिकट बिक्रीबाट पनि लाभान्वित भएका थिए। जसमा कुल आम्दानीको २० प्रतिशत अर्थात १५ हजार ४० रुपैयाँ बराबरको रकम खेलाडीहरुले प्राप्त गरेका थिए ।

कोचिङ स्टाफलाई पनि कामको कदर गर्दै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, उपप्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई पनि २५ हजार रुपैयाँ प्रदान गरेको छ।

एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा ४-१ गोलले बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *