काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला सुब्बा तुम्बापोले युरोपमा व्यसायिक फुटबल खेल्ने भएकि छिन्।

उनले २०२४–०२५ को सिजनका लागि ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग एकवर्षे सम्झौता गरेकि हुन्। यो संगै उनी युरोप गएर खेल्ने दोस्रो खेलाडी पनि बनेकि छिन्।

यसअघिनै सावित्रा भण्डारी इजरायली लिगमा अनुबन्ध भएर खेलिरहेकि छिन्।

यसअघि एञ्जिलाले भारत र पाकिस्तानमा पनि व्यावसायिक फुटबल खेलिसकेकी छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *