काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्काको भ्रमणमा रहेको नेपालले आज श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग पहिलो खेल खेल्दैछ।

नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीनवटा एकदिवसीय अभ्यास खेलहरू खेल्ने छ। आजदेखि सुरु हुने अभ्यास खेल नेपाली टोलीको आगामी तयारीका लागि महत्वपूर्ण मानिएको छ । नेपाल र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान सवा १० बजेदेखि सुरु हुनेछ।

दोस्रो अभ्यास खेल भोलि हुनेछ, भने तेस्रो तथा अन्तिम खेल शुक्रबार खेलाइने छ । यसअघि, दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबारमा हुने तय गरिएको थियो। तर नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलतालिका परिवर्तन भएको जानकारी गराउँदै सोमबार नयाँ तालिका सार्वजनिक गरेको थियो।

श्रीलङ्का भ्रमणपछि, नेपाली टोली आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा सहभागी हुनेछ। यो श्रृङ्खलामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । क्यानडामा हुने श्रृङ्खला नेपाली टोलीको लागि आईसीसी क्रिकेट विश्वकप लिग–२ को महत्वपूर्ण छ।

क्यानडाको श्रृङ्खला समाप्त भएपछि, नेपाली टोलीले अक्टोबरमा अमेरिकामा अर्को त्रिदेशीय श्रृङ्खला खेल्ने छ। यस श्रृङ्खलामा घरेलु टोली अमेरिका, नेपाल, र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा हालसम्म नेपालले चार खेल खेलिसकेको छ, जसमा दुई अंकसहित सातौँ स्थानमा छ । यस प्रतियोगितामा नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile