काठमाडौँ- अखिल नेपाल टेबलटेनिस संघ र नेपालका लागि ३६१ डिग्रीको आधिकारिक विक्रेता ३६१ डिग्री सर्व सिद्धी इम्पेक्स प्रा.लि. का बीच सोमबार सम्झौता भएको छ ।

सम्झौता अनुसार ३६१ डिग्रीले संघलाई नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीसहितको टोलीलाई पोशाक प्रदान गर्नेछ ।

टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्रबहादुर हमाल र प्रा.लि. का निर्देशक सरोज कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता ४ वर्षका लागि कायम रहने निर्देशक कार्कीले बताए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सम्झौताका दौरान ३६१ डिग्रीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी टेबलटेनिस खेलाडीसहितको टोलीलाई पनि पोशाक प्रायोजन गरेको जानकारी दिएका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile