काठमाडौं- पहिलो संस्करणको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजकमा वात्सल्य नेपाल रहने भएको छ ।

आइतबार एक कार्यक्रमकाबीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो। वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र लिग आयोजक ईन्फिनिटि ड्रिम्सकी सिइयो स्नेहा चौलागाईंबीच सम्झौतामा हस्ताक्षर भएको हो।

वात्सल्यका प्रबन्ध निर्देशक सुवेदीले लिगसॅंग आबद्ध हुन पाउदा खुसी लागेको बताउँदै सम्झौता दुई बर्षको रहने बताएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म सन्चालन हुनेछ।

६ फ्रेन्चाइज भलिबल टीम काठमाडौं, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीले सहभागिता जनाउने छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile