काठमाडौँ- गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ।

विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका बिच उनलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले सम्मान गरेका हुन्। कप्तान अरुणा शाहीलाई विश्वविद्यालयले २० हजार रुपैयाँसहित सम्मान गरेको हो।

काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल अरुणा गण्डकी विश्वविद्यालयकी छात्रासमेत हुन्।

नेपालमा नै पहिलो पटक स्नातक तह खेलकुद व्यवस्थापन (बिएसएम)मा अध्ययन–अध्यापन सुरु गरेको विश्वविद्यालयमा अरुणा पहिलो ब्याचकी छात्रासमेत हुन्। उनी हाल छैटौं सेमेस्टरमा अध्ययनरत छिन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *