काठमाडौँ- साउदी अरेबियाको बलियो टोलि अल नासरविरुद्ध नेपालकी फरवार्ड रेखा पौडेलले गोल गरेकी छिन्।
उनकै निर्णायक गोलमा अबुधाबी काउन्ट्री क्लबले नासरलाई पराजित गरेको छ।
एएफसी महिला च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा रेखा आवद्ध युएईको शीर्ष महिला लिग क्लब अबुधाबी काउन्ट्री क्लबले साउदी अरबको अल नासर एफसीलाई १–० ले पराजित गरेको हो।
अबुधाबी काउन्ट्री जितमा रेखाले ६८औँ मिनेटमा गाेल गरेकी थिइन्।
जितसँगै समूह चरणको तीन खेलमा तीनै जित हासिल गरेको अबुधाबी काउन्ट्री शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ।
रेखाले यसअघि डेब्यु खेलमै गोल गरेकी थिइन्।

