काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदारि टोलि बार्सिलोनाले शानदार जीत दर्ता गरेको छ।

राति भएको खेलमा घरेलु मैदानमा बार्साले भालाडोलिडलाई ७-० गोलले पराजित गरेको हो।

बार्सालाई जिताउन ब्राजिलियन फर्वाड राफिन्हाले ह्याट्रिक गरे। त्यस्तै लेवान्डोस्कि डानि ओल्मो,फेरान टोरेज र कुन्डेले १-१ गोल थपे।

जीतपछि शिर्ष स्थानमा कायम रहेको बार्साको ४ खेलमा १२ल अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *