काठमाडौँ- प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) को आयोजनामा ‘बास्केटबल म्याडनेस’ प्लस टु गल्र्स बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ७ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
समूह ‘ए’ मा जेभियर इन्टरनेसनल कलेज, रातो बंगला स्कुल र ब्लु बर्ड कलेज तथा समूह ‘बी’ मा ल्यान्डमार्क एकेडेमी, कान्जिरोवा कलेज, गोल्डेनगेट इन्टरनेसनल कलेज र ट्रिटन कलेज रहेका छन् ।
विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । खेलहरु ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा खेलाइने छ । फाइनल भदौ २२ गते हुनेछ ।