काठमाडौं- खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को २१ औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आज शुक्रबार प्लाजा होटल्स गु्रपसँग सहप्रायोजन सम्झौता गरेको छ ।

सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स गु्रपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

पल्सर स्पोर्टस अवार्ड यही भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुनेछ ।

स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा वर्ष प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक हुने जानकारी गराउन चाहन्छौं ।

पिपल्स च्वाइस विधामा ५ खेलाडीको मनोनयन परेका छन् । समर्थकको मतका आधारमा चुनिने यस विधाको मनोनयनमा कविता भट्ट (भलिबल), प्रीति राई (फुटबल), गुलसन झा (क्रिकेट), श्रीराम श्रेष्ठ (रग्बी) र मानमती विष्ट (कबड्डी) परेका छन् । मनोनयनमा परेका खेलाडीका लागि ई–सेवाबाट भोटिङ भइरहेको छ ।

त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज ल्क्व्ँ एगकिबच क्उयचतक ब्धबचम र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेज एगकिबच ल्भउब िबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक २७ राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउनेछन् ।

सह–प्रायोजक बनेवापत प्लाजा होटल्स गु्रपले अवार्डका कार्यक्रममा आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यससहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने र खानपानको प्रबन्ध गर्नेछ ।

सम्झौता कार्यक्रममा गु्रपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले प्लाजा होटल गु्रपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा गु्रपका प्रवन्ध निर्देशक युवराज श्रेष्ठप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *